काठमाडौँ । नेकपा एमालेलले सचिवालय बैठक आह्वान गरेको छ । पार्टी कार्यालय च्यासलमा आज बिहान ११ बजे बैठक आह्वान गरेको हो। सरकारले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेपछि रणनीति बनाउन फेरि एमालेको सचिवालय बैठक बस्न लागेको हो।
उहाँलाई पक्राउ गरेपछिको यो दोस्रो सचिवालय बैठक हो। आजको बैठकबाट पार्टीका आगामी संघर्षका कार्यक्रमहरु तय हुने एमालेले जनाएको छ ।
