काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएटतर्फका कार्यकारिणी सदस्यमा १७ जना विजयी भएका छन् ।
कुल ३३ उम्मेदवारमध्ये धेरै भोट ल्याउने १७ जना निर्वाचित भएका हुन् ।
सबैभन्दा धेरै मत सचिन ढकालले १३९८ मत पाएका छन् । हेमन्त गोल्छाले १२०२ मत, अम्बिकाप्रसाद पौडेलले ११९३ मत, उज्ज्वलकुमार श्रेष्ठले ११५६ मत, शक्तिकुमार बेगानीले ११४२ मत, ऋषि अग्रवालले ११२२ मत, सुशील थापाले १०९४ मत प्राप्त गरेका हुन् ।
यस्तै, राजेशकुमार अग्रवालले १०८२ मत पाएका छन् । सुयस प्याकुरेलले १०६९ मत, रामशरण भण्डारीले १०४३ मत, बाबुकाजी कार्कीले १००६ मत, दिवश न्यौपानेले ९९१ मत, कृष्णलाल महर्जनले ९८४ मत, शिवराज रेग्मीले ९५४ मत, ईश्वरबहादुर जिसीले ९४९ मत, सुरज उप्रेती ९०७ मत, बबु लामिछानेले ८६० मत प्राप्त गरेका छन् ।
