उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं ! वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ। महासंघको विधानअनुसार आज प्रज्ञा भवनमा नयाँ कार्यसमिति चयनका लागि मतदान सुरु भएको हो।

महासंघको हालको विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान रहेको छ। सोही व्यवस्थाअनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष श्रेष्ठ अबको नयाँ कार्यकालका लागि महासंघको अध्यक्ष बन्ने निश्चित भएको छ।

अध्यक्ष पद स्वतः निश्चित भए पनि अन्य विभिन्न पदाधिकारी पदका लागि भने तीव्र प्रतिस्पर्धा छ। निर्वाचनमा दुई प्यानलबाट उम्मेदवार चुनावी मैदानमा छन्।

वरिष्ठ उपाध्यक्षसहितका अन्य कार्यकारी पदमा आफ्नो समूहको जितका लागि दुवै समूहका उम्मेदवारबीच प्रतिस्पर्धा भइरहेको छ।
महासंघको आगामी नेतृत्वका लागि भावी अध्यक्ष अन्जन श्रेष्ठ र र उपाध्यक्ष हेमराज ढकाल नेतृत्वको समूह प्रतिस्पर्धामा छन्।