आजको विदेशी मुद्राको विनिमय दररेट

काठमाडौं ! नेपाल राष्ट्र बैंकले बिहीबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर, पाउण्ड स्टर्लिङ र स्विस फ्रैन्कको मूल्य घटेको छ भने युरो र अष्ट्रेलियन डलरको भाउ बढेको छ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ६८ पैसा कायम भएको छ। बुधबार अमेरिकी डलरको खरिददर १५२ रुपैयाँ १६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७६ पैसा रहेको थियो।

युरोको विनिमयदर भने बढेको छ। आज युरो एकको खरिददर १७८ रुपैयाँ ५ पैसा र बिक्रीदर १७८ रुपैयाँ ७५ पैसा निर्धारण गरिएको छ। अघिल्लो दिन यसको खरिददर १७७ रुपैयाँ ९२ पैसा र बिक्रीदर १७८ रुपैयाँ ६२ पैसा रहेको थियो।

त्यस्तै, पाउण्ड स्टर्लिङको मूल्यमा सामान्य गिरावट आएको छ। आज पाउण्ड स्टर्लिङ एकको खरिददर २०६ रुपैयाँ ४ पैसा र बिक्रीदर २०६ रुपैयाँ ८६ पैसा कायम गरिएको छ। बुधबार यसको खरिददर २०६ रुपैयाँ ११ पैसा र बिक्रीदर २०६ रुपैयाँ ९२ पैसा थियो।

स्विस फ्रैन्कको विनिमयदर पनि घटेको छ। राष्ट्र बैंकका अनुसार आज स्विस फ्रैन्क एकको खरिददर १९४ रुपैयाँ २० पैसा र बिक्रीदर १९४ रुपैयाँ ९७ पैसा तोकिएको छ। अघिल्लो दिन यसको खरिददर १९४ रुपैयाँ २२ पैसा र बिक्रीदर १९४ रुपैयाँ ९८ पैसा रहेको थियो।