काठमाडौं ! नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी विनिमयदरअनुसार आज अमेरिकी डलर र युरोको भाउ वृद्धि भएको छ।
केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १५१ रुपैयाँ ८५ पैसा र बिक्री दर १५२ रुपैयाँ ४५ पैसा कायम भएको छ। अघिल्लो दिन सोमबार डलरको खरिद दर १५१ रुपैयाँ ५६ पैसा र बिक्री दर १५२ रुपैयाँ १६ पैसा रहेको थियो।
त्यस्तै, युरोको खरिद दर १७७ रुपैयाँ ६८ पैसा र बिक्री दर १७८ रुपैयाँ ३८ पैसा पुगेको छ। सोमबार युरोको खरिद दर १७७ रुपैयाँ ६४ पैसा र बिक्री दर १७८ रुपैयाँ ३५ पैसा रहेको थियो, जसको तुलनामा आज सामान्य वृद्धि देखिएको हो।
अन्य प्रमुख मुद्रातर्फ, पाउण्ड स्टर्लिङको खरिद दर २०५ रुपैयाँ ६५ पैसा र बिक्री दर २०६ रुपैयाँ ४६ पैसा कायम भएको छ। स्वीस फ्रयांक एकको खरिद दर १९३ रुपैयाँ ७० पैसा र बिक्री दर १९४ रुपैयाँ ४६ पैसा रहेको छ भने अष्ट्रेलियन डलर एकको खरिद दर १०९ रुपैयाँ ०४ पैसा र बिक्री दर १०९ रुपैयाँ ४७ पैसा निर्धारण गरिएको छ।
एसियाली मुद्रामा जापानी येन १० को खरिद दर ९ रुपैयाँ ६६ पैसा र बिक्री दर ९ रुपैयाँ ७० पैसा रहेको छ। दक्षिण कोरियन वन १०० को खरिद दर १० रुपैयाँ ३१ पैसा र बिक्री दर १० रुपैयाँ ३५ पैसा कायम भएको छ।
