काठमाडौं। संसद् अधिवेशन स्थगित गरी सरकारले संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश ल्याएको विरोधमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संयुक्त विपक्षी दलको बैठक आह्वान गरेको छ।
सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बस्ने बैठकमा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेताहरूलाई बोलाइएको छ।
बैठकले संसद् छलेर ल्याइएको उक्त अध्यादेशविरुद्ध साझा प्रतिवादको रणनीति तय गर्ने बताइएको छ। मंगलबार प्रमाणीकरणका लागि अध्यादेश राष्ट्रपतिकहाँ पुगेपछि सरकारले गरेको निर्णय सार्वजनिक भएको थियो।
अध्यादेशपछि प्रमुख विपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले संसद् अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउने सरकारको कदमलाई अलोकतान्त्रिक, बलमिच्याइँ र सार्वभौम संसद्को अपमानको संज्ञा दिएका छन्।
