कांग्रेस संसदीय दल नेताको निर्वाचन प्रक्रिया स्थगित

काठमाडौं। नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आज हुने भनिएको निर्वाचन स्थगित भएको छ। अब कहिले हुने भन्ने मिति नतोकिएको एक निर्वाचन समिति सदस्यले जानकारी दिए।

दलको नेता सहमतिमा चयन गर्नका लागि उपसभापति विश्व प्रकाश शर्माको नेतृत्वमा सात सदस्य समिति बनाइएको छ। समितिमा पुष्पा भुसाल प्रदिप पौडेल गुरुराज घिमिरे निर्वाचन समितिका संयोजक प्रकाश सदस्य भुसाल र अर्का सदस्य राजु कटुवाल छन्।

पुष्पा भुसाल कांग्रेसको उपसभापति हुन् भने घिमिरे र पौडेल महामन्त्री हुन्। अब कहिले निर्वाचन हुने या सहमतिमा हुने भन्ने यकीन हुन बाँकी छ।