पार्टीले राजीनामा अस्वीकृत गरेपछि सभापति गगन थापा आजको बैठकमा सहभागी हुने भएका छन्। बैठक दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने छ।
बैठकमा थापाले निर्वाचन परिणाम, आफ्नो राजीनामाको पृष्ठभूमिलगायतका विषयमा धारणा राख्नेछन्। यस्तै पार्टीले अवलम्बन गर्नुपर्ने राजनीतिक र सांगठनिक कार्यदिशाबारे पनि उनले धारणा राख्ने जनाएको छ।
केन्द्रीय कार्यसमिति बैठकले थापाको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेसँगै आजका लागि पुनः बैठक बोलाइएको हो। योसँगै कांग्रेस नियमित महाधिवेशनको तयारीमा पनि जुटेको छ। थापाको सभापतित्वमा बस्ने आजको बैठकमा महाधिवेशन प्रक्रिया र तयारीबारे छलफल गर्ने कार्यतालिका छ।
नेताहरूले आगामी भदौमा १५औँ महाधिवेशन गर्ने गरी तालिकामाथि छलफल हुने बताएका छन्।
