संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुन: राष्ट्रपतिसमक्ष सिफारिश गर्ने सरकारको निर्णय

काठमाडौं ! राष्ट्रपति रामचन्द्र पौडेलले फिर्ता पठाएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश सरकारले पुन: सिफारिस गर्ने भएको छ ।

सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जस्ताको तस्तै अध्यादेश राष्ट्रपति समक्ष पेश गर्ने निर्णय गरेको हो ।

संविधानको मर्म र बहुमतीय प्रणालीविपरीत भएको भन्दै राष्ट्रपति पौडेलले आइतबार अध्यादेश फिर्ता गरिदिएका थिए ।