काठमाडौं । नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) प्रतिष्ठित अन्तर्राष्ट्रिय सञ्चारमाध्यम टाइम म्यागजिनले सार्वजनिक गरेको ‘सन् २०२६ का विश्वका १०० प्रभावशाली व्यक्तिहरू’ को सूचीमा परेका छन् ।
उनलाइ टाइमले म्यागजिनले विश्वका शक्तिशाली राजनीतिज्ञ, कलाकार र चिन्तकहरूको सूचीमा उनलाई नेता क्याटोगोरीमा समेटेको हो । टाइमले ३६ वर्षीय शाहलाई ‘हिप–हपका पूर्व स्टार’ र नेपालको इतिहासकै ‘कान्छो प्रधानमन्त्री’ का रूपमा चित्रण गरेको छ।
फागुन २१ मा सम्पन्न आम निर्वाचनमा युवापुस्ताको अभूतपूर्व समर्थन र पुराना नेताहरूप्रतिको वितृष्णाका कारण बालेनले सानदार जित हासिल गरेको म्यागजिनले उल्लेख गरेको छ । उनको उदयलाई दक्षिण एसियाको जड सुत्रवादी वंशवादी राजनीति विरुद्धको ठुलो प्रहारको रूपमा व्याख्या गरिएको छ ।
प्रधानमन्त्री शाहका लागि टाइममा लेखिएको लेखमा भनिएको छ, ‘बालेनको उदयले नेपालको ३ करोड जनसङ्ख्याको नेतृत्व मात्र गरेको छैन, यसले पुरानो राजनीतिक शैलीलाई पूर्णतः अस्वीकार गरेको छ ।’
