रास्वपाले बोलायो केन्द्रीय कमिटी बैठक : बालेनलाई संसदीय दलको नेता बनाइने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ । यही चैत १२ गते अपराह्न ४ बजे बस्ने गरी बैठक बोलाइएको हो ।

बैठक केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने गरी बोलाइएको छ । बैठक पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार बोलाइएको जानकारी दिइको छ ।

बैठकको एजेन्डमा संसदीय दलको नेता र विविधलाई राखिएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले बलेन्द्र शाह ‘बालेन’ लाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेको थियो ।