काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ । २९ वैशाखमा केन्द्रीय समितिको बैठक बोलाइएको छ ।
उपनिर्वाचनको समीक्षा, समसामयिक अवस्थाका विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाइएको रास्वपाले जनाएको छ । ‘समग्र परिस्थितिको मूल्यांकन, चुनावको विश्लेषण लगायतका विषयमा छलफल हुन्छ,’ महामन्त्री मुकुल ढकालले भने । शुक्रबार सचिवालयको बैठक बोलाएको छ भने २४ बैशाखमा संसदीय दलको बैठक बोलाइएको छ ।
इलाम–२ मा भएको उपनिर्वाचनमा रास्वपाले चौथो स्थानको मत ल्याएको छ । रास्वपाका नेताहरुले उक्त परिणामलाई अनपेक्षित भनेका छन् । नयाँ गठबन्धन बनेपछि रास्वपा सरकारमा सहभागी भएको २१ वैशाखमा दुई महिना पुग्दैछ । पार्टी बैठकमा सरकारमा सहभागीता र प्रभावकारिताबारे छलफल रास्वपाले जनाएको छ ।