बालेन शाहलाई झड्का : भारतीय फिल्मको प्रदर्शन नरोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

काठमाडौं ! उच्च अदालत पाटनले काठमाडौंका फिल्म हलहरुमा भारतीय फिल्मको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

बिहीबार उच्च अदालत पाटनका न्यायाधीश धीरबहादुर चन्दको इजलासले  काठमाडौंका फिल्म हलहरुमा भारतीय फिल्मको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।

अदालतले छलफलका लागि असार १२ गते  दुबै पक्षलाई बोलाएको छ।

भारतीय चलचित्र आदिपुरुषमा रहेको जानकी भारतीय छोरी हुन् भन्ने आशयको संवाद नहटाएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गत सोमबारदेखि भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *