काठमाडौं । सर्वोच्च अदालतले नेपाल स्काउटका संयोजक लोकबहादुर भण्डारीलाई हटाउने सरकारको निर्णय गैरकानूनी ठहर गर्दै पुनर्वहालीका लागि आज अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले मंगलवार भण्डारीसहितको तत्कालीन कार्य समितिलाई पुनर्वहालीको लागि आदेश दिएको हो ।
भण्डारीलाई देउवा सरकारले स्पस्टिकरण सोधेर एकलौटी रुपमा हटाउने निर्णय गरेको थियो।