धनगढीमा प्रहरी हत्या प्रकरण : जिल्ला अदालत कैलालीले ९ जनालाई सुनायो जन्मकैदको फैसला

काठमाडौ  ! धनगढीमा प्रहरी सहायक निरिक्षक र प्रहरी जवानको हत्या अभियोग लागेका ९ जनालाई जिल्ला अदालत कैलालीले आज जन्मकैदको फैसला सुनाइएको छ। कैलालीका जिल्ला न्यायाधीश जयानन्द पनेरूको इजलासले ९ जनालाई जन्मकैदको फैसला सुनाएको हो।

धनगढी उपमहानगरपालिका वडा नम्बर १० का २३ वर्षीय पर्कु भनिने रोहित राना, अर्का रोहित राना, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भनिने सुरेश राना, २५ वर्षीय गब्बर भनिने राजकुमार राना, वर्ष २२ को रामनिवास राना, २९ वर्षीय टल्लु भनिने दलराम राना, वडा नम्बर ११ बस्ने २५ वर्षीय गोपाल भनिने रामगोपाल राना र अमर रानालाई जन्मकैदको फैसला सुनाइएको एक जिल्ला न्यायाधीशले सभ्यखबरलाई जानकारी दिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *