२२ करोडको राजस्व छली, २७ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । राजस्व अनुसन्धान विभागले २२ करोड बढी राजस्व छलीको अभियोगमा विभिन्न कम्पनीका सञ्चालक, कर्मचारी र कारोबारीसहित २७ जनाविरुद्ध मुद्दा दायर गरेको छ । उनीहरूविरुद्ध बुधबार उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको हो ।

मालवस्तु पठाउँदा ढुवानी, साधनको अनुगमन प्रणालीमा प्रविष्ट गरेको तर ती मालवस्तु खरिद गर्नेले बिना बिलबिजक बुझेको, खरिद र बिक्री नजनाई भन्सार, आयकर, मूल्य अभिवृद्धि कर र लाभांशलगायतका राजस्व नतिरेकाले कारबाही गरिएको विभागले जनाएको छ ।

मुद्दा दायर गरिएका २७ जनालाई २२ करोड १९ लाख रुपैयाँबराबर बिगो माग दाबी गर्दै जरिमानासहित ४४ करोड ३८ लाख रुपैयाँ तथा आवश्यक सजाय माग गरिएको छ ।

मुद्दा दायर गरिएकामा पशुपति रोड क्यारियर्सका सञ्चालक महेन्द्रप्रसाद गुप्ता, राजेन्द्रप्रसाद गुप्ता, मधुकुमारी गुप्ता र कर्मचारी उपेन्द्रकुमार सिंह, अन्जियन आलम छन् ।

त्यस्तै, मनकामना सप्लायर्सकी प्रोप्राइटर रेखा जैसवाल, कारोबारी राकेशप्रसाद जैसवाल, सुद्रानिया इम्पेक्सका प्रोप्राइटर भरतकुमार अग्रवालविरुद्ध मुद्दा दायर भएको छ । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *