न्यायाधीशले करोडौं घुस मागेको अडियो बाहिरियो, न्यायपरिषदको आकस्मिक बैठक बस्दै

काठमाडौं । काठमाडौं जिल्लाका न्यायाधीश राजकुमार कोइरालाले करोडौं घुस मागेको अडियो सार्वजनिक भएको छ ।
न्युज २४ टेलिभिजनले नेपाल बार एसोसियसनका पूर्वकोषाध्यक्ष रुद्रप्रसाद पोखरेल र काठमाडौं जिल्ला अदालतका न्यायाधीश कोइरालाबीचको अडियो संवाद सार्वजनिक गरेको हो ।

संवादमा सिभिल सहकारीका पूर्वअध्यक्ष ईच्छाराज तामाङलाई धरौटीमा छाड्न आग्रह गरिएको छ । त्यसमा १० करोड रुपैयाँको रकम प्रस्ताव गरिएको छ ।
यसै विषयमा छलफल गर्न न्यायपरिषदको आकस्मिक बैठक बोलाइएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *