राष्ट्रिय युवा संघको अध्यक्षमा थेवे र महासचिवमा पुरी सर्वसम्मत : यस्ता छन् अन्य सर्वसम्मत पदाधिकारीहरु

काठमाडौं ! नेकपा (एमाले)को भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा क्षितिज थेवे चयन भएका छन्।

नेपालगञ्जमा चैत २७ गतेदेखि जारी नवौं महाधिवेशनबाट थेवे अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

राष्ट्रिय युवासंघमा एक अध्यक्ष, ७ उपाध्यक्ष, महासचिव, २ उपमहासचिव, ९ सचिव र कोषाध्यक्षसहित २१ सदस्यीय पदाधिकारी सर्वसम्मत चयन भएका छन्।

अमित लामा, पुष्प श्रेष्ठ, कृष्णहरी केसी, महाराज गुरूङ, सीता सुवेदी, रमेश तिवारी र प्रकाश गौतम उपाध्यक्ष चयन भएका छन्।
महासचिवमा सुमन पुरी, उपमहासचिवमा महेन्द्र गुरूङ र राजन थापा चयन भएका छन्।

त्यस्तै सचिवहरूमा बिनय शाह, खेम शर्मा, जय गुरूङ, मोबिन आलम, अनिता कन्दङ्वा, देवानन्द मेहता, विष्णा चन्द, पर्वत भण्डारी र कुबेर अधिकारी चयन भएका छन्।

कोषाध्यक्ष तथा आर्थिक विभाग प्रमुखमा राकेश राई चयन भएका छन्।

त्यस्तै लेखा आयोगको प्रमुखमा सन्तोष चौलागाईँ, अनुशासन आयोगको प्रमुखमा  राकेश लामा र निर्वाचन आयोगको प्रमुखमा बलराम बेलबासे चयन भएका छन्। निर्वाचनको माध्यमबाट कमिटी चुनिने भनिएपनि अन्तिममा नेताहरुले सर्वसम्मतिको प्रयास स्वरुप कमिटी चयन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *