राष्ट्रिय युवा संघ नेपालको नेतृत्वका लागि क्षितिज थेवे र सन्तोष रावलको उम्मेदवारी

काठमाडौं ! राष्ट्रिय युवा संघ नेपालको नवौं महाधिवेशन बाँकेको नेपालगन्जमा जारी छ। गत २७ गतेबाट सुरु भएको महाधिवेशन हाल बन्दसत्रमा पुगेको छ। बन्दसत्रबाट सर्वसम्मत नेतृत्व चयन गर्न नेतृत्व असफल भएपछि महाधिवेशन निर्वाचन केन्द्रित बनेको छ।

नवौं महाधिवेशनबाट संगठनको नेतृत्व हात पार्न उपाध्यक्ष सन्तोष रावल र महासचिव क्षितिज थेवे मैदानमा छन् । उनीहरु दुबैले अध्यक्ष पदमा उम्मेदवारी दिएर महाधिवेशन प्रतिनिधिहरु सँग भोट मागिरहेका छन् ।

संगठनमा लामो समय काम गरेका उनीहरु प्रतिनिधिहरु माझ उत्तिकै लोकप्रिय छन् । गण्डकी प्रदेशका रावल र कोशी प्रदेशका थेवेले आफुले जिते संगठनलाई अझै मजबुत बनाउने उद्घोष गरेका छन् । दुबै युवा नेताहरु उत्तिकै लोकप्रिय रहेकाले मतदानपछि कस्ले बाजि मार्ने हो अहिल्यै आकलन गर्न सकिने अवस्था रहेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *