चप्पल लगाउने युवा पनि रास्ट्रीय युवा संघको नेतृत्वमा आउनुपर्छ : बिष्णुहरि त्रिपाठी

काठमाडौं ! राष्ट्रिय युवा संघ नेपालको अन्तर जिल्ला कमिटी रौतहटको प्रथम भेला बिज्ञान प्रविधी तथा नवप्रवर्धन बिभाग प्रमुख बिष्णु हरि त्रिपाठीको प्रमुख आतिथ्यता एवम् अन्तरजिल्ला प्रदेश कमिटी सहसंयोजक पुष्प राज पहारी, सचिव सुजन घिमिरे र नेकपा एमाले रौतहट-काठमाडौ सम्पर्क मञ्चका संयोजक नवीन कुमार तुम्सिङको बिशेष आतिथ्यता सम्पन्न भएको छ।राजधानीको नयाँ बसपार्कको होटल म्याजिक माउन्टेनमा सम्पन्न भेलालाई सम्बोधन गर्दै संघका नेता बिष्णुहरि त्रिपाठीले वाईसीएलको आतंकलाई परास्त गरेर भयरहित समाज निर्माणमा योगदान गरेको रास्ट्रीय युवा संघ नेपालको हुन लागेको महाधिवेशनले सबै युवाहरुको प्रतिनिधित्व गर्ने नेतृत्व चयन गर्नुपर्ने बताउनु भएको छ।अहिलेको दलाल पुजीवादी समाजमा समाज रुपान्तरण गर्न समावेसी युवा नेतृत्व आउनु पर्ने, ४०% प्रतिशत भन्दा धेरै युवा रहेको देशमा चप्पल लगाउने,मजदुर वर्गका युवाहरुलाई नेतृत्वमा समेट्न नसके समाजवादी आन्दोलन अगाडी नबढ्ने बताउनुभयो।उक्त भेला बाट सुशील यादवको अध्यक्षतामा ११ सदस्यीय अन्तरजिल्ला कमिटी रौतहट गठन भएको छ।           

Leave a Reply

Your email address will not be published. Required fields are marked *