पार्टिको महाधिवेशन प्रचारको लागि रास्ट्रीय युवा संघको विशाल मोटरसाइकल र्याली सम्पन्न

काठमाडाैं । नेकपा एमालेकाे भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले आज काठमाडाैं उपत्यकामा बृहत माेटरसाइकल र्‍याली निकालेकाे छ ।महाधिवेशनको प्रचारार्थ निकालिएको मोटरसाइकल र्यालीमा उल्लेख्य शुभचिन्तक युवाहरुको सहभागीता रहेको थियो

ललितपुरकाे बालकुमारीबाट सुरु  भएको र्‍याली बालकुमारी-लगनखेल-जाउलाखेल-माइतीघर-बिजुली बजार हुँदै क्‍वालिटी ब्यांक्‍वेटसम्म पुगेकाे थियाे ।

र्यालेको उद्घाटन पार्टिका केन्द्रिय सदस्य एवं इन्चार्ज महेश बस्नेतले गर्नु भएको थियो।इन्चार्ज बस्नेत सहित अध्यक्ष किरण पौडेल लगायत पदाधिकारी र सदस्यहरुको उल्लेख्य सहभागीता देखिएको थियो।

पार्टिले पनि महाधिवेशनकाे प्रचारका लागि मंसिर ७ गते देशैभर माेटरसाइकल र्‍याली निकाल्दैछ । एमालेकाे ए‍‍ेतिहासिक दशाैं राष्ट्रिय महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ ।           

Leave a Reply

Your email address will not be published. Required fields are marked *