इम्बोस्ड नम्बर प्लेटविरुद्ध युवासंघले गर्‍यो विरोध प्रदर्शन

काठमाडौं । सरकारले सवारी साधनमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान नगरे कारबाही गर्ने चेतावनीपछि युवा संघ नेपालले सरकार विरुद्ध प्रदर्शन गरेको छ ।

आज मंगलबार काठमाडौंको नयाँ बानेश्वरमा युवा संघका कार्यकर्ताहरुले सवारी साधनको इम्बोस्ड नम्बर प्लेटको अस्वाभाविक मूल्‍य र सरकारको अव्‍यवहारिक रवैयाविरुद्ध प्रदर्शन गरेको हो ।

उनीहरुले कालो ब्‍यानरमा ‘राष्ट्रघाती गोठालाहो, इम्बोस्ड नम्बर घोटाला हो’, लिपी मास्न पाइदैन, इम्बोस्ड नम्बर चाहिँदैन’  लगायतका नारा जुलुस गर्दै यातायात व्‍यवस्था कार्यालय अगाडि पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *