रास्ट्रीय युवासंघको गो.न.पा. ७ वडा कमिटी गठन,अध्यक्षमा श्याम साउद चयन

धनगढी ! रास्ट्रीय युवासंघ नेपाल गो.न.पा. ७ वडा कमिटी श्याम साउदको अध्यक्षतामा ४५ सदस्य कमिटी गठन गरिएको छ। कार्यक्रमको अध्यक्षता युवा संघ गो.न.पा. संयोजक खडक बि.क. ले गर्नु भएको थियो। उक्त कार्यक्रममा स्वागत मन्तव्य सह-संयोजक उत्तम महराले राख्नु भएको थियो।यस्तै कार्यक्रममा अतिथि रहनु भएका अनेरास्ववियुका पुर्व नेता तथा गो.न.पा. एमालेका युवा नेता सन्तोष सिंहले अब आगामी निर्वाचनमा एमालेलाइ स्थानिय देखि संघ सम्मको निर्वाचनमा बिजयी गराउन युवा संघको भुमिका महत्वपुर्ण हुने बताउनु भयो।त्यस्तै कार्यक्रममा नगर सदस्य तथा एमाले ७ का अध्यक्ष खडक ओलिले अब एमाले १ नम्बर पार्टी बन्ने कुरामा दुइमत नरहेको बताउनु भयो।         

उक्त भेलामा रास्ट्रीय युवा संघका जिल्ला अध्यक्ष गणेश महराले वडा कमिटी घोषणा गर्नु भएको थियो।कार्यक्रमका प्रमुख अतिथि नेता आनन्द भट्टले युवाहरुलाइ अब राजनिति मात्र होइन सृजनशिल हुनु पर्नेमा जोड दिनु पर्ने बताउनु भयो । उक्त कार्यक्रममा गो.न.पा. नगर सदस्य लक्ष्मण ,चिन्तामणि भट्ट लगायत अतिथिहरु रहनुभएको थियो।कार्यक्रमको संचालन रास्ट्रीय युवा संघ वडा सचिब कपिल साउदले गनुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *