धनगढीमा राष्ट्रीय युवा संघको ब्लड डोनेसन : एकैदिन २०३ पिन्ट रगत संकलन

काठमाडौं : राष्ट्रिय युवा संघ कैलालीले एकैदिन दुई सय तीन पिन्ट रगत संकलन गरेर अहिलेसम्मकै रेकर्ड राखेको छ। साप्ताहव्यापी रक्तदान अभियान अन्तरगत मंगलबार धनगढीमा आयोजना गरिएको रक्तदान कार्यक्रममा दुई सय तीन जनाले रक्तदान गरेको राष्ट्रिय युवा संघ कैलालीका इन्चार्ज अरुण कुँवरले जानकारी दिए।
उनका अनुसार धनगढीको कर्बड हलमा आयोजना गरिएको रक्तदान कार्यक्रममा सहभागी भएर विभिन्न क्षेत्रका व्यक्तिहरुले रक्तदान गरेका हुन्। नेपाल रेडक्रस सोसाइटी धनगढीका अनुसार राष्ट्रिय युवा संघले आयोजना गरेको कार्यक्रममा एकैदिन दुई सय तीन पिन्ट रगत संकलन भएको पहिलो पटक हो।  राष्ट्रिय युवा संघले एकैदिन सर्वाधिक रगत संकलन भएको रेकर्ड ब्रेक गरिदिएको रेडक्रसले जनाएको छ। रेडक्रसकाअनुसार हालसम्म एकैदिन सर्वाधिक कम्तीमा एक सय ९० जनाले रक्तदान गरेको रेकर्ड थियो।

राष्ट्रिय युवा संघ कैलालीका इन्चार्ज अरुण कुुँवरले कोरोना महामारीका कारण स्वास्थ्य संस्थाहरुमा रगतको अभाव भएको समस्यालाई मध्यनजर गरेर रक्तदान कार्यक्रम आयोजना गरिएको बताए। कुुँवरले कैलालीमा एकैदिन सर्वाधिक रगत संकलन गरेर सहयोग गर्ने सबै दाताहरुलाई धन्यवाद दिदै यसले रगत अभावको समस्या न्यूनिकरणमा सघाउने विश्वास व्यक्त गरेका छन्।               

Leave a Reply

Your email address will not be published. Required fields are marked *