रास्ट्रीय युवासंघले निर्वाचन केन्द्रित रहेर विभागका प्रमुखहरुसँग गर्‍यो अन्तरक्रिया

काठमाडौं ! राष्ट्रिय युवा संघ नेपालकाे केन्द्रीय कार्यालय कमिटी,विभागीय प्रमुख र उप-प्रमुखहरुको संयुक्त बैठक अल्फा-कम्प्लेक्स नयाँ बानेश्वरमा आज सम्पन्न भएको छ।

संघका संयोजक क.किरण पौडेलको अध्यक्षता र संघका ईन्चार्ज एवम् पार्टी पोलिटब्युरो सदस्य क.महेश बस्नेतको प्रमुख आतिथ्यता सम्पन्न बैठकमा विभागीय प्रमुखहरुले आ-आफ्नो विभागका गतिविधिहरु र आगामी कार्य योजनाहरुका बारेमा रिपोर्टिङ गर्नुभएको थियो।साथै विभागलाई छिट्टै पुर्णता दिदै आगामी निर्वाचनलाई केन्द्रित गरेर गतिविधिहरुलाई अगाडी बढाउन बैठकले निर्णय गरेको छ। उक्त बैठकमा विभागका प्रमुखहरुले विभागको गतिविधि र भावी कार्ययोजनाहरु प्रस्तुत गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *