राष्ट्रिय युवा संघद्रारा स्वास्थ्यमन्त्री खतिवडालाई कारबाहीको माग गर्दै अख्तियारमा निवेदन दर्ता (पत्रसहित)

काठमाडौं ! राष्ट्रिय युवासंघ नेपालले स्वास्थ्यमन्त्री विरोध खतिवडालाई कारबाही गरिपाँउ भनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन दर्ता गरेको छ। तत्कालीन ओली सरकारले नागरिकका लागि ल्याएको २४ लाख डोज खोप वर्तमान स्वास्थ्यमन्त्री आएपछि हिनामिना भएको र उक्त हिनामिना उपर मन्त्रीलाई कारबाहीका लागि माग गरेको हो।

केही दिन देखि संचारमाध्यम हरुमा २४ लाख डोज कोभिड विरुद्धको खोपको तथ्यांक नभेटिएको छ्यापछ्याप्ती देख्न सकिन्छ। यसरी प्रश्न उब्जिएपछी पनि यो अनियमितता बारे सरकार कहिँ नबोलेकोले हिनामिना भएको पुष्टि भएको भन्दै एमाले निकट युवासंघ र अन्य जनवर्गीय संगठनले निरन्तर आवाज उठाइरहेका छन् ।

संघका सह-संयोजक सन्जिब कुमार झाद्रारा हस्ताक्षरित उक्त निवेदन अख्तियारमा आज दिउँसो दर्ता भएको छ। उक्त अवसरमा संघका संयोजक किरण पौडेल लगायत सन्जिब झा,अन्जना अधिकारी,रमेश आचार्य,बिष्णुहरी त्रिपाठी लगायतका युवा नेताहरुको सहभागी रहेको थियो। युवासंघद्रारा निवेदन दिएको पत्र यस्तो छ:-                                                                               

Leave a Reply

Your email address will not be published. Required fields are marked *