काठमाडौं ! नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको नवौँ राष्ट्रिय महाधिवेशनमा धनगढीका विनय शाहले सचिव (सुदूरपश्चिम-भुगोल तर्फ ) पदमा आफ्नो उम्मेदवारी दिएका छन् ।
राष्ट्रिय युवा संघ नेपाल अन्तरगरको सुदूरपश्चिम संयोजक समेत रहेका शाहले बाँकेको नेपालगन्जमा जारी नवौँ महाधिवेशनमा सचिव पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
कैलाली जिल्ला निवासी उनी संगठनमा लामो समय काम गरेको अनुभव र एक शालिन,कमाण्डिङ स्वभावका युवा नेताका रुपमा चिनिन्छन। इन्जिनियर समेत रहेका उनले संगठनलाई प्रविधिमैत्री बनाउन आफुले विगतमा झै भुमिका खेल्ने उनको प्रतिक्रिया छ । अबको युग डिजिटल युग भएकाले संगठनलाई चुस्तदुरुस्त एवं पारदर्शी बनाउन युवाहरु माझ प्रविधिका माध्यमबाट पनि उल्लेख्य भुमिका खेल्ने उनले बताए।
युवाहरुमाझ इमानदार छविका साथ उभिएका उनलाई जिताउने प्रणसहित महाधिवेशन प्रतिनिधिहरु मत हाल्न आतुर रहेको बुझिएको छ। शाहलाई भुगोल तर्फको सचिव पदमा विजयी बनाउन सुदूूरपश्चिमबाट महाधिवेशन प्रतिनिधिको रुपमा प्रतिनिधित्व गर्नेहरुले मतदान गर्नु पर्नेछ। मतदान केहीवेरमा सुरु हुँदैछ।