बिष्णुहरी त्रिपाठीले दिए राष्ट्रिय युवा संघ नेपालको उपाध्यक्ष (खुल्ला) पदमा उम्मेदवारी

काठमाडौं ! नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको नवौँ राष्ट्रिय महाधिवेशनमा बिष्णुहरी त्रिपाठीले उपाध्यक्ष(खुल्ला) पदमा आफ्नो उम्मेदवारी दिएका छन ।

राष्ट्रिय युवा संघ अन्तरगरको बिज्ञान तथा प्रविधि बिभाग प्रमुख रहेका त्रिपाठीले बाँकेको नेपालगन्जमा  जारी नवौँ महाधिवेशनमा उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

धादिङ जिल्ला निवासी उनी संगठनमा लामो समय काम गरेको अनुभव र एक शालिन युवा नेताका रुपमा चिनिन्छन। संगठनलाई प्रविधिमैत्री बनाउन आफुले विगतमा झै भुमिका खेल्ने उनको प्रतिक्रिया छ । अबको युग डिजिटल युग भएकाले संगठनलाई चुस्तदुरुस्त एवं पारदर्शी बनाउन प्रविधिका माध्यमबाट भुमिका खेल्ने उनले बताए। युवाहरुमाझ इमानदार छविका साथ उभिएका उनलाई जिताउने प्रणसहित महाधिवेशन प्रतिनिधिहरु मत हाल्न आतुर रहेको बुझिएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *