राष्ट्रिय युवासंघ नेपालको महाधिवेशन आजबाट : एमाले अध्यक्ष ओलीले उद्घाटन गर्ने

काठमाडौं ! नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवासंघ नेपालको नवौं महाधिवेशन आजबाट सुरु हुँदैछ। बाँकेको नेपालगन्जमा हुन लागेको उक्त महाधिवेशन आगामी २९ गतेसम्म चल्नेछ। महाधिवेशनको उद्घाटन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली आज नेपालगन्ज जाँदै हुनुहुन्छ।

महाधिवेशनबाट राष्ट्रिय युवासंघले नयाँ नेतृत्व चयन गर्नेछ। विगत लामो समयदेखि संगठनमा टिकेप्रथा हावी भएको भन्दै यो पटकको महाधिवेशनमा अधिकांश उम्मेदवार आकांक्षिहरु र प्रतिनिधिहरु निर्वाचनकै पक्षमा छन् । सर्वसम्मतिको नाममा व्यक्तिवादी प्रवृति हावी हुने र संगठन अस्तव्यस्त हुने भन्दै यो पटकको महाधिवेशन निर्वाचनमै होमाउने प्रतिनिधिहरुको जोड छ। महाधिवेशनमा भाग लिन राष्ट्रिय युवा संघमा आवद्ध सबै नेता कार्यकर्ताहरु नेपालगन्ज पुगिसकेका छन् । उक्त महाधिवेशनको विशिष्ट अतिथिको रुपमा भाग लिन एमाले महासचिव शंकर पोखरेलपनि नेपालगन्ज पुगिसक्नु भएको छ।

आजबाट सुरु हुँदै गरेको नवौं महाधिवेशनबाट क्षितिज थेवे,अमित लामा,अन्जना अधिकारी,सन्तोष रावल लगायतका युवा नेताहरुले नेतृत्वमा दावी गरिरहेका छन् । वर्तमान अध्यक्ष किरण पौडेलले भने आफू पार्टीको केन्द्रिय सदस्यमा पुगिसकेकोले युवा संघबाट विदा लिने तयारी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *