राष्ट्रिय युवासंघ नेपालको धनगढी नगर अध्यक्षमा पुनः अभिषेक नाथ सर्वसम्मत

कैलाली ! राष्ट्रिय युवा संघ नेपालको धनगढी नगर अध्यक्षमा अभिषेक नाथ(लोक) सर्वसम्मत चयन भएका छन्। मंगलबार सम्पन्न राष्ट्रिय युवा संघको नगर अधिवेशनबाट सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीको नगर अध्यक्षमा नाथ सर्वसम्मत भएका हुन्।

उनी यसअघि युवा संघको नगर संयोजक थिए। अन्य पदाधिकारी र सदस्यहरु समेत सर्वसम्मत चयन भएका छन्। उपाध्यक्षमा रुद्र आग्री, सचिवमा रामबहादुर सिंह, कोषाध्यक्षमा श्रीया सिंह, उपसचिवमा संजय चापागाई र आयुश ओली चयन भएका छन्।

अधिवेशनबाट कार्य समितिका ३७ जना सदस्य समेत सर्वसम्मत चयन गरेको छ। १० प्रतिशत सदस्यलाई भने बैठकबाट मनोनित गर्ने जनाइएको छ। पदाधिकारी तथा सदस्यहरुले मंगलबार नै पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य एवंम् कैलाली इन्चार्ज अरुण कुँवरले उनीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *