राष्ट्रीय युवा संघ नेपालले “युथ डाईलग” कार्यक्रम सन्चालन गर्ने

काठमाडौं ! राष्ट्रीय युवा संघ नेपालले “युथ डाईलग” कार्यक्रम सन्चालन गर्ने भएको छ। केन्द्रिय बिज्ञान तथा प्रविधि बिभागको पहिलो बैठकबाट आज उक्त निर्णय गरिएको हो। बैठक संघका अध्यक्ष किरण पौडेलको प्रमुख आतिथ्यता एवम् विभाग प्रमुख बिष्णुहरी त्रिपाठीको अध्यक्षतामा बसेको थियो। संघका उपाध्यक्ष कृष्णहरी के.सी.को विशेष आतिथ्यता एवम् खेलकुद बिभाग प्रमुख सम्राट गौचनको आतिथ्यतामा सम्पन्न बैठकमा विभिन्न आठ ओटा एजेन्डाहरु माथी छ्लफल एवम् निर्णय गरेको छ। उक्त बैठकले मुख्य गरि तीन वटा एजेन्डा माथी बृहत् छ्लफल एवम् निर्णयपनि गरेको विभाग प्रमुख बिष्णुहरी त्रिपाठीले जानकारी दिए।
१. ” Youth dialogue ” सन्चालन सम्बन्धमा।
युवाहरु बिच रहेका विभिन्न समस्या,समाधान र सफलताका अनुभवहरु एवम् सुचना,प्रविधि,विकास र समृद्धिका सवालमा बिषय बिज्ञहरु सँगको छलफल कार्यक्रम तत्काल नियमित रुपमा सन्चालन गर्ने।
२.”NYF Library” एप सन्चालन सम्बन्धमा
निर्वाचन अघि निर्माण भएको यस एपलाई थप अपडेट गर्दै “केपि ओलि कप ” को प्रचार सामाग्री एवम् एप मार्फत टिकेटीङको सुबिधा थप गर्दै आगामी हुन लागेको महाधिवेशनलाई एपमार्फत प्रविधिमैत्री बनाउने।
३.आगामी रास्ट्रीय युवा संघ नेपालको महाधिवेशनलाई केन्द्रित गरेर e- voting को सम्बन्धमा बिज्ञहरुसग छलफल गरेर थप छलफल अगाडी बढाउने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *