बाल अनाथालयको घटनामा राष्ट्रिय युवा संघ कंचनपुरले भन्यो : दोषी माथि कडा कारबाही होस्

कंचनपुर ! राष्ट्रिय युवा संघ नेपाल कंचनपुर जिल्ला कमिटीले जिल्लाको भिमदत्त नगरपालिका वडा न. ०४ मा अवस्थित महाकाली बाल अनाथालयमा बालबालिकामाथि भएको यौन दुर्ववहारको संचारमाध्यमबाट प्रकाशित घटनाप्रत्ति संबंधित निकायको गम्भीर ध्यानाकर्षण गराएको छ।

राष्ट्रिय युवा संघ कंचनपुर जिल्लाका अध्यक्ष केशव चन्द र सचिव सि.पि.खत्रीद्वारा हस्ताक्षरित उक्त बिज्ञप्तिमा उक्त गम्भीर घटनाको ध्यानाकर्षण सहित त्यस प्रकारका संस्थामा भएका अमानवीय घटनाहरुको सत्यतथ्य छानबिनका साथै दोषीमाथि कारबाहीको लागि माग गरेको छ।

“अनाथालय जस्तो संवेदनशील संस्थामा आश्रय लिइ बसेका टुहुरा बालबालिकाहरु माथि यौन दुर्ववहार हुनु अमानवीयमात्र नभै अनाथालय व्यवस्थापन समितिको समेत चरम लापरबाही भएको हाम्रो संगठनको ठहर छ। घटनाको सत्यतथ्य छानबिन गरि दोषी उपर नेपालको कानुन बमोजिम हदैसम्मको कारबाहीको लागि संबंधित निकायको ध्यानाकर्षण गराउन चाहन्छौं।”- बिज्ञप्तिमा भनिएको छ।

बाल अनाथालायमा गत माघ १७ गते उक्त घटना भएको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *