सरकार र महानगर उदासिन बन्दा राष्ट्रिय युवासंघले उठायो काठमाडौंको फोहोर

काठमाडौं ! नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले बानेश्वर क्षेत्रको फोहोर उठाएको छ । युवा संघको कार्यालय बिजुली बजार क्षेत्रमा रहेको फोहोर उठाउँदै कार्यक्रमको सुरुवात गरेको हो ।

बानेश्वर क्षेत्र वरपर, रत्नराज्य स्कुल हुँदै पुरानो बानेश्वरमा रहेको फोहोर उठाएर पेप्सीकोलामा रहेको फोहोर प्रशोधन स्थलमा लगेको युवा संघका अध्यक्ष किरण पौडेलले जानकारी दिए । यसरी उठाएको फोहोर मनोहरा मल्टिप्रपोज कम्पनी प्रालिको फोहोर बोक्ने गाडीमा हालेर प्रशोधन स्थलसम्म लगिनेछ । महानगरको फोहोर उठाउन संघिय सरकार र काठमाडौं महानगर उदासिन बनिरहंदा राष्ट्रिय युवासंघको यो कार्यले वाहवाही पाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *