चालक अनुमतिपत्र वितरणमा लापरवाही र ढिलासुस्ती भएको भन्दै राष्ट्रिय युवा संघ उत्रियो सडकमा (तस्वीरसहित)

काठमाडौं ! नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघ नेपालले एकान्तकुनामा अवस्थित यातायात व्यवस्था कार्यालयले घेराउ गरेको छ।

आज सोमबार दिउँसो सवारी चालक अनुमतिपत्र वितरणमा लापरवाही एवम् ढिलासुस्ती भएको भन्दै युवा संघले उक्त कार्यालय घेराउ गरेको हो।

कार्यालयमा हुँदै आइरहेको विचौलियाको खेल बन्द गर्न र लाइसेन्स वितरण सहज गर्न संघले व्यवस्था कार्यालयका प्रमुखलाई आफ्ना मागहरु पेश गर्दै ज्ञापन पत्र समेत बुझाएका छन्। उक्त घेराउ कार्यक्रममा सयौं युवाहरुले प्ले कार्डसहित यातायात व्यवस्था विभागमा भएको ढिलासुस्ती र अनियमितता विरुद्ध नारा लगाएका थिए। केही समयदेखि एमालेको यो भ्रातृसंगठनले सरकारी निकायका यस्ता कार्यालयहरुमा जनसेवाका कामहरु स्फुर्त हुनुपर्ने भन्दै आवाज उठाइरहेको छ।                                                               

Leave a Reply

Your email address will not be published. Required fields are marked *