शुक्रबार रातीबाट काठमाडौं उपत्यकामा जोर बिजोर प्रणाली लागू हुने

काठमाडौं ! काठमाडौं उपत्यकामा माघ ७ गते अर्थात शुक्रवार रातिबाट यातायातमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरिएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले बिहिबार सो निर्णय गरेका हुन् ।  माघ ७ गते राति १२ बजेबाट यातायातमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताउनु भयो।

कोरोना समुदायमा तीब्र रुपले फैलिएको हुनाले नियन्त्रणका लागि प्रशासनले उक्त निर्णय गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *