यातायात मजदुर र सरकारबीच सिंहदरबारमा वार्ता जारी

काठमाडौं ! सरकारले आन्दोलनरत यातायात मजदुरसँग वार्ता सुरू गरेको छ।

आज बिहान सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा वार्ता भएको हो।

वार्तामा आन्दोलनरत यातायात मजदुरका प्रतिनिधि छन् भने सरकारका तर्फबाट उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठलगायत मन्त्रालयका कर्मचारीहरू छन्।

ट्राफिक जरिवानामा गरिएको वृद्धिलगायत विरोधमा यातायात मजदुर आन्दोलनमा छन्। यातायात मजदुरहरूले सोमबार आन्दोलन गर्दै प्रहरीका दुई भ्यानसमेत आगजनी गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *