जी-२० शिखर सम्मेलनको आज अन्तिम दिन : यस्ता छन् कार्यक्रमहरु

काठमाडौं ! आज जी-२० शिखर सम्मेलनको अन्तिम दिन । आज अन्तिम सत्र ‘वन फ्यूचर’ को आयोजना हुनेछ ।

शनिबार पहिलो दिन दुई सत्र ‘वन अर्थ’ तथा ‘वन फैमिली’ आयोजना गरिएको थियो । त्यसपछि भारतका राष्ट्रपति द्रौपदी मुर्मूले अथितिका लागि सानदार रात्रिभोजको आयोजना गरेकी थिइन् । त्यसअघि सम्मेलनमा सहभागी हुन आएका विश्वका नेताहरू महात्मा गान्धीको समाधिस्थल राजघाट पुग्ने कार्यक्रम छ । त्यहाँ पुगेर उनीहरूले गान्धीको समाधिमा श्रद्धाञ्जली अर्पण गर्नेछन् । भारतीय सञ्चार माध्यमहरूका अनुसार उनीहरू राजघाट पुग्न शुरू भइसकेको छ ।

त्यसपछि सबै राष्ट्राध्यक्ष भारत मण्डप पुग्नेछन् । जहाँ सम्मेलनको अन्तिम सत्र हुनेछ । दिउँसो साढे १२ बजे सम्मेलन समापन हुनेछ र विश्वका नेताहरू आ-आफ्नो देशतर्फ लाग्नेछन् ।

शनिबार सम्मेलनबाट ९ बुँदे नयाँ दिल्ली घोषणापत्र पारित भएको थियो । जसलाई भारतको ठूलो उपलब्धिका रूपमा अथ्र्याइएको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शनिवार पहिलो दिन ९ बुँदे सहमतिको प्रस्ताव अघि सारेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *