यूएईले विश्वमै पहिलो पटक साढे चार दिनको कार्य हप्ता तोक्यो

काठमाडौं ! संयुक्त अरब इमिरेट्स (यूएई) ले विश्वमै पहिलो पटक साढे चार दिनको कार्य हप्ता तोकेको बताएको छ । यसअघि पाँच दिनको कार्य हप्तामा भएकोमा अब शुक्रवार आधा दिनपछि बिदा दिएर साढे चार दिनको कार्य हप्ता तोकेको गल्फ न्यूजले जनाएको छ ।

विश्वका अरू देशमा अहिले पाँच तथा ६ दिनको कार्य हप्ता रहेको छ । साढे चार दिनको कार्य हप्ता आउँदो जनवरी २ देखि लागू हुनेछ । सबै सङ्घीय सरकारी विभागमा जनवरी १ तारिखदेखि नै नयाँ कार्य हप्ता लागू हुनेछ ।

कर्मचारीहरूलाई दैनिक काम गर्ने समय आठ घण्टा तोकिएको छ । शुक्रवार साढे चार घण्टा मात्रै काम गर्नुपर्ने छ । शुक्रवार कर्मचारीहरूलाई घरबाटै काम गर्ने सुविधा वा केही लचिलो कार्यसूची लागू हुनेछ ।

कार्य हप्ता छोट्याउँदा उत्पादकत्व बढ्ने तथा कर्मचारीलाई काम र जीवनयापनको तालमेलमा सहज हुने यूएई सरकारलाई उदृत गर्दै गल्फ न्यूजले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *