साउदी अरेबियाले युक्रेनलाई ४ सय मिलियन डलर मानवीय सहायता प्रदान गर्ने

काठमाडौं ! साउदी अरेबियाले युक्रेनलाई ४ सय मिलियन डलर मानवीय सहायता उपलब्ध गराउने भएको छ । साउदी युवराज मोहम्मद बिन सलमानले शुक्रबार युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई फोन गरेर उक्त सहयोगको बाचा गरेका हुन् । युद्ध अन्त्यका लागि युवराजले मध्यस्थताका प्रयास जारी राख्न र डि–एस्केलेसनमा सहयोग गर्ने सबैलाई समर्थन गर्न तत्परता व्यक्त गरेको पनि प्राप्त विवरणहरुमा जनाइएको छ । न्युजकारखाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *