युक्रेन संकटबारे पुटिनसँग सम्मेलन गर्न अमेरिकी राष्ट्रपति बाइडन सहमत

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडन युक्रेन संकटबारे छलफलका लागि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग सम्मेलन गर्न सहमत भएका छन् ।

युक्रेन संकटबारे छलफलका लागि पुटिनसँग सम्मेलन गर्न ‘सैद्धान्तिक रुपमा’ बाइडन सहमत भएका हुन् । तर रुसले युक्रेनमा हमला नगरेको अवस्थामा मात्रै फ्रान्सद्वारा प्रस्तावित सम्मेलन हुन सक्ने ह्वाइट हाउसले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *