डब्लुएचओका प्रमुख आज नेपाल आउँदै

काठमाडौं ! विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस बिहिबार नेपाल आउँदै छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाको विशेष निमन्त्रणामा उनी आज अपराह्न १२ः२५ बजे काठमाडौं आउने कार्यक्रम रहेको छ।

परराष्ट्र मन्त्रालयका अनुसार महानिर्देशक टेड्रोसका साथ डब्लुएचओको दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल र डब्लुएचओका अन्य अधिकारी नेपाल आउनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *