चितवनमा प्रमुख जिल्ला अधिकारी थापालाई उद्योग बाणिज्य महासंघले गर्‍यो स्वागत

काठमाडौं ! उद्योग वाणिज्य संघ–चितवनले बिहीबार संघको सचिवालयमा एक कार्यक्रमको आयोजना गरी जिल्ला प्रशासन कार्यालय चितवनका लागि नवआगन्तुक प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापालाई स्वागत गरेको छ । स्वागत कार्यक्रममा मन्तव्य व्यक्त गर्दै संघका अध्यक्ष चुननारायण श्रेष्ठले विगत लामो समयदेखि उद्योग वाणिज्य संघ–चितवनको सम्बन्ध जिल्ला प्रशासन कार्यालयसँग सुमधुर रहँदै आएको बताउँदै आगामी दिनहरूमा पनि सम्बन्ध अझ बढी प्रगाढ रहने विश्वास व्यक्त गरे । अध्यक्ष श्रेष्ठले संघको संक्षिप्त जानकारी दिंदै चितवन जिल्लाको आर्थिक समाजिक एवं समग्र विकासका लागि जिल्ला प्रशासन कार्यालयसँग हातेमालो गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका निबर्तमान अध्यक्ष राजु श्रेष्ठले नवआगन्तुक जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारीज्यूलाइ स्वागत गर्दैै उनले विगतदेखि चितवन जिल्लाका सरकारी निकायहरुसँग भएको सुमधुर सम्बन्धका बारेमा बताउँदै जिल्लाको शान्ति सुरक्षा एवं आर्थिक सामाजिक विकासमा सधैँ सहयोग गर्न तत्पर रहेको बताए ।

कार्यक्रममा बोल्दै प्रजिअ भुपेन्द्र थापाले चितवन आर्थिक, सामाजिक एवम् रणनीतिक हिसावले महत्त्वपूर्ण जिल्ला भएको बताउँदै उद्योगी व्यापारीको समस्या समधान गर्नका साथै निजी क्षेत्रको उत्थानमा सदैव सहकार्य गर्न आफू तयार रहेको बताए । थापाले चितवन जिल्ला पर्यटकीय हिसाबले नेपालकै पहिलो हुने विशेषता रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *