आजबाट सुरु भयो अति भारी वर्षा, यस्तो रहनेछ मौसम

काठमाडौं । यो वर्षको मनसुनी सिजनमा आजबाट अति भारी वर्षा सुरु भएको छ । यो वर्ष मनसुन सुरु भएपछि अति भारी वर्षा सुरु भएको आज पहिलो दिन हो ।

यसअघि शुक्रबारसम्म धेरै भारी वर्षा मात्र भएको थियो ।२४ घण्टामा २०० मिलिमिटरभन्दा माथि वर्षा भयो भने अति भारी वर्षा हुने छ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ। सबै प्रदेशका धेरै स्थानहरूका मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी,  बागमती , गण्डकी , लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।  गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम  प्रदेशको एक(दुई  स्थानमा धेरै भारी देखि अति भारी वर्षाको पनि सम्भावना रहेको छ।

आज राती देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ। कोशी र मधेश प्रदेशका केही तथा बाँकी प्रदेशका धेरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा कोशी प्रदेशका एक(दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका प्रदेशका  एक दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ।