आजको मौसम

काठमाडौँ । नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । जसको प्रभावले हाल कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहको छ।

आज दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरूमा र बाँकी पहाडी भू-भागको एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।