आजको मौसम

काठमाडौँ ! हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ। तराई-मधेश क्षेत्रका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ।

यस्तै, आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भूभागको मौसम सफा रहने महाशाखाले जनाएको छ।

देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

यसैगरी, आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

हिमपात, हुस्सु र कुहिरोका कारण चिसो बढ्ने भएकाले यसबाट बच्ने उपाय अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ।