काठमाडौँमा आज यस वर्षकै बढी चीसो

काठमाडौं ! काठमाडौँ उपत्यकामा आज यसपाली हिउँदकै सबैभन्दा बढी जाडो महसुस भएको छ । आज बिहान ५ः४५ बजे काठमाडौँ उपत्यकामा न्यूनतम तापक्रम २.२ डिग्री सेल्सियस मापन भएको छ ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद गोविन्द झाका अनुुसार आज मापन भएको २.२ सेल्सियस तापक्रम यो वर्षमा अहिलेसम्मकै कम हो ।

गत बिहीबार र शुक्रबार काठमाडौँको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस मापन गरिएको थियो ।