आजको मौसम

काठमाडौं ! हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। साथै तराई-मधेश क्षेत्रका धेरै ठाउँमा हुस्सु तथा कुहिरो लागेको छ। मधेश प्रदेशका केही जिल्लामा शीतलहर समेत चलेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।ऽ

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सफा रहनेछ।

देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हिमपातको सम्भावना रहेको छ।

यस्तै, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार देशका उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहनुका साथै तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई सेवामा प्रभाव पर्न सक्ने छ।