आजको मौसम

काठमाडौं ! हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। यस्तै, तराईका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशका केही पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रही उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ।

यस्तै, राति बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्यतया बदली रही उच्च पहाडी तथा हिमाली भूभागको केही स्थानमा हिमपातको सम्भावना रहेको छ।

देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात र तराई क्षेत्रमा हुस्सु र कुहिरोका कारण जनजीवन प्रभापवित पर्नसक्ने भन्दै आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।