यस्तो छ आजको मौसम

काठमाडौं !  हाल कोशी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै तथा मधेश र लुम्बिनी प्रदेशका तराई भूभागका अधिकांश स्थानमा हुस्सु तथा कुहिरो लागेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।

यस्तै, राति कर्णाली र सुदूरपश्चिम तथा गण्डकी र कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सफा रहने महाशाखाले जनाएको छ।

महाशाखाले तराई भूभागका अधिकांश स्थानमा हुस्सु र कुहिरो लाग्ने भएकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई सेवामा प्रभाव पर्न सक्ने भएकाले त्यसबाट हुन सक्ने असर तथा चिसोबाट बच्न अनुरोध गरेको छ।