यस्तो छ आजको मौसम

काठमाडौं ! हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महााशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ। तराई क्षेत्रका केही भूभागमा हुस्सु र कुहिरो लागेको छ।

आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

आज कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

यस्तै, राती भने कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ।